सोमबार, भदौ १५, २०८३

कञ्चनपुरमा बालिकामाथि सामूहिक बलात्कार

कञ्चनपुरमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ।
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

धनगढी- कञ्चनपुरमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका-२ मोतीबस्तीमा १४ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ। 

हिजो साँझ पहिचान नखुलेका युवाहरुको समूहले बालिकालाई जबरजस्तीकरणी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। 

बालिका हराएको सूचना पाएपछि खोजी गर्दा राति १२ बजेतिर घरबाट ४०० मिटरको दूरीमा बालिका फेला पारेको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। 

‘धनगढीमा स्वास्थ्य परिक्षणपछि बालिकालाई आफन्तको जिम्मा लगाएका छौँ’, उनले भने, घटनामा संलग्नको पहिचान हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

प्रकाशित: Mar 13, 2021| 10:17 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।