सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल-खनाल समूहले बोलायो चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला

नेपाल-खनाल समूहले बोलायो चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला

नेकपा एमालेको नेपाल–खनाल समूहले चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडौं- नेकपा एमालेको नेपाल–खनाल समूहले चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।

पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटीसहित गाउँ तहसम्मका कार्यकर्ताको भेला गर्ने निर्णय नेपाल–खनाल समूहले गरेको हो।

नयाँ बानेश्वरस्थित एक होटेलमा बसेको उक्त समूहको बैठकले संघीय सांसद, प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, एमालेबाट निर्वाचित सबै पालिकाका प्रमुख, उपप्रमुख, स्थानीय पार्टी कमिटीका पदाधिकारीलगायतलाई भेलामा बोलाइएको नेता भीम रावलले जानकारी दिए।

उनले बैठकका निर्णय सार्वजनिक गर्दै अब एमालेका सबै कमिटीहरु पुनर्जिवित, पुनक्र्रियाशिल र पुन व्यवस्थित गरिने बताए।

नेपाल–खनाल समूहले आफूहरुले समानान्तर कमिटी गठन गरेका नभई, सर्वोच्चकाे फैसलाले एमाले पार्टीलाई अस्तित्वमा ल्याएपछि रिक्त रहेका स्थानमा पदपूर्ति गरेको दाबी गरेको छ।

नेता रावलले ओली समूहले पार्टीको विधान संशोधन गरेको प्रति आपत्ति व्यक्त गर्दै पार्टीको विधान यत्तिकै संशोधन गर्न नमिल्ने र यसका लागि विधान अधिवेशन आह्वान गर्नुपर्ने वैधानिक व्यवस्था रहेको बताए।

उनले भने, ‘कथित विधान संशोधनबाट पार्टीपंक्तिलाई ढाँट्ने प्रयास गरिएको छ, विधान संशोधन गर्न विधान अधिवेशन गर्नुपर्छ, अध्यक्ष ओलीले एक्लै गर्न सक्दैनन्।’

प्रकाशित: Mar 13, 2021| 09:57 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।