सोमबार, भदौ १५, २०८३

नेपाली जनताले मलाई फेरि माया गर्न थाल्याछन् : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेपाली जनताले फेरि एकपटक माया गर्न थालेको बताएका छन्।
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेपाली जनताले फेरि एकपटक माया गर्न थालेको बताएका छन्।

उनले थुप्रै उतारचढावपछि नेपाली जनताले आफूलाई फेरि माया गर्न थालेको अनुभूति भएको बताए।

प्रकाश विकल्पको ‘रोडम्याप’ पुस्तकको विमोचन गर्दै उनले यसअघि आफू जनतासँग केही टाढा भएको जस्तो देखिएको र केही समययता घटेका राजनीतिक घटनाक्रमका कारण जनतामाझ जाने अवसर जुरेको बताए।

उनले आफू माओवादी युद्धपछि मुलधारको राजनीतिमा आएपछि महिला दिदीबहिनीबाट धेरै माया पाएको स्मरण गरे।

कार्यक्रममा दाहालले आफूलाई नेपाली जनताले धेरै माया गर्ने भएका कारण आफू बाँच्न सफल भएको भन्दै दुई पटक प्रधानमन्त्री पनि बनेको बताए। उनले अब प्रधानमन्त्री बन्ने हतारो पनि नभएको र प्रधानमन्त्री बन्नका लागि यो आन्दोलन आफूले नगरेको पनि दाबी गरे।

दाहालले आफूहरुले केका लागि लडाई गरिरहका छौँ भन्ने कुरा नेपाली जनताले राम्रोसँग बुझिदिउन् भन्ने चाहना रहेको बताए।

प्रकाशित: Mar 13, 2021| 09:37 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।