सोमबार, असार ९, २०८२

नारायणगढ-मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा आउने

नारायणगढ-मुग्लिङ सडकखण्ड आज (शनिबार) देखि नियमित सञ्चालनमा आउने भएको छ।
 |  शनिबार, फागुन २९, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

vianetvianet

चितवन- नारायणगढ-मुग्लिङ सडकखण्ड आज (शनिबार) देखि नियमित सञ्चालनमा आउने भएको छ।

इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक आज दिउँसोदेखि नियमित सञ्चालनमा आउने भएको हो। 

पहिरो रोक्नका लागि एक साता सो स्थानमा दुइतर्फी सवारी आवागमन रोकी काम भएको थियो। आज दिउँसोसम्म पहिरो रोक्ने काम सम्पन्न गरेर नियमितरुपमा आवागमन शुरु हुने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर सविना रानाभाटले जानकारी दिए।

सो ठाउँमा गाडी रोकेर पहिरो रोक्ने काम सम्पन्न भएको छ। सोही ठाउँ नजिकै गत वर्षको असारपछि ठूलो पहिरो खसेको भए पनि तत्काल पन्छाउने योजना छैन। रानाभाटले भने, ‘हाल रोकथाम गरेको पहिरोभन्दा अझ माथि ठूलो पहिरो छ।’ यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए। हालको ठेक्कामा सो पहिरो समावेश नहुने भएकाले बजेटको व्यवस्थापन गरेर काम गर्नुपर्ने रानाभाटले जानकारी दिए।

जुनसुकै बेला सो पहिरो खस्नसक्ने भएकाले उच्च सावधानी अपनाउनुपर्ने देखिएको उनको भनाइ छ। गत साल पहिरो रोकथामका लागि भएको ठेक्कामध्ये आठ ठाउँको सम्पन्न भएकामा बाँकी रहेको चार किलोको यस वर्ष सम्पन्न गरिएको हो। रु १४ करोडमा पहिरो रोकथामका लागि ठेक्का गरिएको उनको भनाइ छ। 

यो सडक बिस्तारका क्रममा ठाउँठाउँमा भित्तो काटिएपछि पहिरोको जोखिम बढेको थियो। सडक बिस्तार सँगसँगै पहिरो रोकथामको काम पनि अघि बढाइएको थियो। यस सडक हुँदै दैनिक १० हजार हाराहरी सवारीसाधन आवतजावत गर्ने गर्दछन्। रासस

प्रकाशित: Mar 13, 2021| 09:28 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।