काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाग्मती प्रदेश इन्चार्जमा नियुक्त गरेका गृहमन्त्री रामबहादुर थापाले पदभार ग्रहण गरेका छन्।
ललितपुरको च्यासलमा रहेको एमालेको प्रदेश कार्यालयमा पुगेर थापाले शनिबार पदभार ग्रहण गरेका हुन्।
एमालेको ओली समूहको हिजो बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले थापालाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको थियो। यसअघि एमालेको बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य थिइन्।
ओलीले माओवादी केन्द्रबाट आफूलाई साथ दिएका थापासहित २३ जनालाई केन्द्रीय कमिटीमा नियुक्त गर्दै जिम्मेवारी दिएका थिए।