सोमबार, भदौ १५, २०८३

माधव–झलनाथ पक्षले बनायाे समानान्तर कमिटी

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षले सातवटै प्रदेशका संयोजक तोकेको छ। 
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षले सातवटै प्रदेशका संयोजक तोकेको छ। 

प्रदेश १ मा भीम आचार्य, २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावललाई संयोजनकाे जिम्मा दिइएकाे छ।

त्यस्तै युवामा रघु पन्त, विद्यार्थीमा गोकर्ण विष्ट, प्रचार विभागमा योगेश भट्टराई, महिला विभागमा अष्टलक्ष्मी शाक्य, बुद्धिजीवीमा प्रमेश हमाललाई जिम्मेवारी तोकिएको छ। 

केहीबेरमा स्थायी कमिटीका बहुमत सदस्यको वक्तव्य आउने एक नेताले बताए।

कानुनी प्रावधानबारे विद्वान अधिवक्ता गोविन्द बन्दी र टीकाराम भट्टराईले जानकारी दिइरहेका छन्। 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव–झलनाथ पक्षका नेताहरूको जिम्मेवारी खोस्दै आफू निकटका नेतालाई जिम्मेवारी दिएपछि माधव–झलनाथ पक्षले समानान्तर कमिटी गठन गरेको हो। 

प्रकाशित: Mar 13, 2021| 08:08 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।