काठमाडौं – जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले माओवादी केन्द्रसँगको वार्ता सकारात्मक रहेको बताएका छन्।
आजको कुराकानी राम्रै भए पनि निष्कर्षमा भने पुग्न नसकेको उनको भनाइ छ।
‘हाम्रो जुन समस्या छ, मधेशको, जातिको त्यो समस्याको समाधान हाम्रो हातमा छैन,’ उनले भने, ‘संसद्, प्रशासन हरेक ठाउँमा उहाँ तीन दल (एमाले, कांग्रेस, माओवादी केन्द्र) हुनुहुन्छ, उहाँहरूकै वर्चस्व छ।’
आफूहरूले न्याय र सुरक्षा कहीँबाट नपाएको उनको भनाइ छ।
‘हाम्रो समस्या समाधान भयो भने ठीकै छ, भएन भने उहाँहरू (तीन दल)ले जे गर्नु हुन्छ त्यही हुन्छ,’ उनले भने।
साथै उनले आफूहरू कुनै गठबन्धनमा नरहेको पनि बताए।
जसपाले एमालेको ओली पक्ष, कांग्रेस र माओवादी केन्द्रसँग छलफल गरिरहेको छ।