काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आज जनता समाजवादी पार्टीसँग भएको वार्ता सकारात्मक भएको बताएका छन्।
दुई पार्टीबीचको छलफलपछि श्रेष्ठले सबै पक्षमा गम्भीरतापूर्वक छलफल गर्ने गरी सकारात्मक ढंगले वार्ता भएको बताएका हुन्।
‘मुख्यतः केपी ओली सरकारले देशमा प्रतिगमनको प्रयत्न गरेको त्यसलाई सर्वोच्च अदालतबाट सच्चाइएको परिस्थिति र अझै पनि लोकतान्त्रीकरणको प्रक्रियालाई अगाडि बढाउनका निम्ती कसरी अगाडि बढ्ने भन्ने एजेन्डामा छलफल भयो,’ उनले भने, ‘संयुक्त सरकार बनाउनेतिरको एजेन्डामा सतहीरूपमा छलफल भएको भए पनि मुख्य यी दुई विषय नै हुन्।’