काठमाडौं – माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल सुरु भएको छ।
छलफलका लागि जसपाका महन्थ ठाकुरलगायतका नेताहरू पेरिसडाँडा पुगेका हुन्।
अहिले छलफल जारी छ। माओवादी केन्द्रको स्थायी कमिटी सकिएपछि उनीहरूबीच छलफल भएको छ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने बारेमा दलहरूबीच छलफल भइरहेको छ।
यस्तै सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामै फर्काइदिएपछि नयाँ सरकारबारे पनि छलफल चलिरहेकाे छ।
माओवादी केन्द्र र जसपाबीच पनि सम्भावित सत्ता सहकार्यका विषयमा छलफल हुने बताइएको छ।