काठमाडौं – माओवादी केन्द्रले आफ्ना मन्त्रीहरूलाई फिर्ता आउन निर्देशन दिएको छ।
आज बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्रबाट मन्त्री बनेकाहरूलाई तत्काल मन्त्रीमण्डलबाट फिर्ता आउन निर्देशन दिएको हो।
त्यस्तै एमालेमा केन्द्रीय सदस्य बनेका माओवादी केन्द्रका नेताहरूलाई आफ्नो पार्टी कुन हो स्पष्ट गर्न र दल त्याग गरेको भए २४ घण्टाभित्र पार्टीलाई सूचित गर्न निर्देशनसमेत दिने निर्णय गरेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।