सोमबार, भदौ १५, २०८३

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ।
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ।

अहिले ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्न लागेको हो।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पछिल्लो राजनीति घटनाक्रम र भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिने जानकारी दिए।

आजको स्थायी कमिटी बैठकले माओवादी केन्द्रमा नफर्किएका नेता कार्यकर्ताको बारेमा पनि आवश्यक निर्णय लिने बताइएको छ।

माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी अहिले मन्त्री छन्।

उनीहरू माओवादी केन्द्रमा नफर्कने लगभग टुंगो लागिसकेको छ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकलौटी केन्द्रीय कमिटी बैठक बसेर माओवादी केन्द्रका नेताहरूलाई एमालेको केन्द्रीय सदस्य नियुक्त गर्दै जिम्मेवारी दिइसकेका छन्।

सर्वोच्च अदालतको फैसलापछि पूर्ववत अवस्थामा फर्किएको माओवादी केन्द्रले भोलि पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाएको छ। त्यस्तै साेमबार राष्ट्रिय भेलाको आयोजना गरिएको छ।

प्रकाशित: Mar 13, 2021| 02:40 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।