सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बर्दियामा बाघ आतंक : नागरिक सम्साँझैं घरभित्र बस्न बाध्य

बर्दियामा बाघ आतंक : नागरिक सम्साँझैं घरभित्र बस्न बाध्य

बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतंकले स्थानीयमा त्रास बढाएको छ।
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतंकले स्थानीयमा त्रास बढाएको छ।

त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतंकले स्थानीयमा त्रास बढाएको हो। 

बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैं घरभित्र बस्न बाध्य भएका छन्।

बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, गोला, पशुपतिनगर क्षेत्रमा यतिखेर बाघले आतंक मच्चाएको स्थानीयको भनाइ छ। 

‘दुई महिनायता मात्र धेरैका गाई, भैँसी र बाख्रा बाघले खाएको छ भने केही दिनअघि मात्र घोठियामा एकजनाको बाघको आक्रमणबाट ज्यान गएको छ ’, गेरुवा–४ तीनघरुवाकी नम्रता खनालले भनिन्, ‘गोठमै आएर बाख्रा खान थालेपछि मानिसमा त्रास बढ्नु स्वभाविकै हो।’

बिहीबार मात्र तीन घरुवामा एकजनाको गोठमा बाख्रा खायो र भैँसीको कान चिथोरेको खनालले बताइन्। बाघ गहुँ खेतीमा लुकेर बसेको छ कि भन्ने डरले दिउँसो पनि हिँड्न गाह्रो भएको उनी बताउँछिन्। साँझ ६÷७ बजे गाउँमा हिँडडुल गर्न नसकिने उनको भनाइ छ। 

स्थानीयले वन्यजन्तु गाउँमा आउन नदिन तारबारलगायत अन्य उपाय गर्दै आएका थिए। स्थानीयको प्रयास असफल भएपछि उनीहरु निकुञ्ज र सरकारप्रति आक्रोशित भएका छन्।

कति घरपालुवा जनावर बाघले खायो यकिन नभए पनि एक महिनामा धेरै नोक्सान गरेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह कडातले बताए। गाउँपालिकाले १८ देखि २० किलोमिटर तारबार गर्न लागेको उनको भनाइ छ। 

वन्यजन्तुबाट गाउँमा हुने नोक्सान रोक्न यस वर्ष गाउँपालिकाले  डेढ करोड बजेट खर्च गर्न लागेको उनी बताउँछन्।

निकुञ्जसँग जोडिएको सीमा करिब ३५ किलोमिटर भए पनि यसपटक १८ देखि २० किलोमिटरमा काम हुने भएको छ। यति क्षेत्रमा तारबार भएपछि धेरै राहत हुने स्थानीयको भनाइ छ। 

वन्यजन्तुले घरपालुवा जनावर मारे गाउँपालिकाले राहत रकम दिने गरेको छ भने निकुञ्जले पनि केही रकम दिँदै आएको छ। गाउँपालिकाले भैँसीका लागि १० हजार,, गाई गोरु र बाख्राका लागि पाँच हजार रुपैयाँ राहत दिने गरेको छ। 

बाघको आक्रमणबाट बर्दियामा चालु आर्थिक वर्षको अहिलेसम्म आठको मृत्यु भइसकेको तथ्याङ्क प्रहरीसँग छ। 

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले पछिल्लो पटक मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बुधबार बाघले आक्रमण गरी ज्यान लिएपछि मृत्यु हुनेको सङ्ख्या आठ पुगेको बताए। रासस

प्रकाशित: Mar 13, 2021| 02:00 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।