सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादी संसदीय दलको नेता एमाले केन्द्रीय सदस्य मनोनित

माओवादी संसदीय दलको नेता एमाले केन्द्रीय सदस्य मनोनित

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलको नेता टंक आङवुहाङ एमाले केन्द्रीय सदस्यमा मनोनित भएका छन्।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

विराटनगर- नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलको नेता टंक आङवुहाङ एमाले केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

अध्यक्ष ओलीले शुक्रबार रामबहादुर थापा बादल समूहबाट थपिएका २२ जना केन्द्रीय सदस्यमा आङवुहाङ पनि छन्। उनी ताप्लेजुङबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। 

प्रधानमन्त्री ओलीको पुस ५ को कदमपछि दाहाल नेपाल समूहबाट प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका उनी केही समयअघि दाहाल नेपाल समूहबाट अलग भएको बताएका थिए।

संसदीय दलको नेता नै एमाले केन्द्रीय सदस्य भएपछि चैत २ गतेको बैठकमा के गर्ने भन्नेमा माओवादी केन्द्रमा अलमल भएको छ। पार्टी एकीकरणअघि माओवादीले संसदीय दलको नेता मात्र चयन गरेको थियो।

पार्टी एकीकरणपछि आङवुहाङ संसदीय दलको उपनेता थिए।

चैत २ गतेको बैठकअघि नै माओवादी केन्द्रको भेला काठमाण्डौंमा बोलाइएका कारण सो बैठकमा उपस्थित हुने सम्भावना कम भएको प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्वोले बताए। 

प्रकाशित: Mar 12, 2021| 14:22 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।