काठमाडौं- सरकार र जनता समाजवादी जसपाको कार्यदलबीच आज छलफल भएको छ।
मधेश आन्दोलनका मुद्दा फिर्ता तथा सांसद रेशम चौधरीको रिहाइलगायतका विषयमा छलफल गर्न गठित कार्यदलबीच शुक्रबार साँझ बालुवाटारमा छलफल भएको हो।
छलफलमा मधेश आन्दोलनका क्रममा भएका घटना र मुद्दाहरुको विवरण एकत्रित गरेर थप छलफल गर्ने सहमति भएको जसपाका तर्फबाट कार्यदलका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए।
उनका अनुसार जसपासँग भएको विवरण र गृहमन्त्रालयमा भएको विवरण संकलन तथा एकत्रित गर्ने र अध्ययन गरी मुद्दा फिर्ताको प्रक्रियामा जाने सहमति भएको छ।
भोलि शनिबार भएकाले मुद्दाहरुको विवरण संकलन गरी अनुकुल समयमा अर्को बैठक बस्ने उनले बताएका छन्।