सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोभिड प्रभावित कर्मचारीलाई होटल संघद्वारा राहत वितरण

कोभिड प्रभावित कर्मचारीलाई होटल संघद्वारा राहत वितरण

पश्चिमाञ्चल होटल संघ पोखराले होटलका कर्मचारीलाई शुक्रबार राहत सामग्री वितरण गरेको छ।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

पोखरा- पश्चिमाञ्चल होटल संघ पोखराले होटलका कर्मचारीलाई शुक्रबार राहत सामग्री वितरण गरेको छ।

कोभिड १९ बाट प्रभावित विभिन्न होटलका १०० जना आर्थिक रुपमा विपन्न कर्मचारीलाई खाद्यान्न सामग्री वितरण गरिएको हो। 
ग्रिन अम्ब्रेला युकेबाट प्राप्त चामल, दाल, तेल, नुनलगायतका सामग्री वितरण गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले समस्यामा परेका होटलका कर्मचारीका लागि राहात प्रदान गरिनु सह्रानीय कार्य भएको बताए। 

संघका अध्यक्ष विकल तुलाचनले कोभिड १९ का कारण सिंगो पर्यटन क्षेत्र नै प्रभावित भएको भन्दै यसबाट होटलका कर्मचारीसमेत समस्यामा परेका कारण राहत वितरण गरिएको जानकारी दिए। पोखराबाहेक अन्य क्षेत्रमा समेत ग्रिन अम्ब्रेलाले राहत वितरण गरेको जनाइएको छ।

कार्यक्रम संयोजक भिक्षु सागर धम्मले राहत वितरण गरिनुको उद्देश्यबारे प्रष्ट पारेका थिए।

कार्यक्रममा संघका सल्लाहकार गोविन्दराज पहारी र पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारी लगायतले बोलेका थिए। संघका महासचिव गणेशराज पहारीले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रकाशित: Mar 12, 2021| 13:32 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।