सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस-जसपा वार्ता : ओलीको विकल्प खोजौँ, नेतृत्व कांग्रेसले गरोस्

कांग्रेस-जसपा वार्ता : ओलीको विकल्प खोजौँ, नेतृत्व कांग्रेसले गरोस्

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीचको छलफलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीचको छलफलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको छलफलले ओलीको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको हो।

छलफलपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले छलफलले कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा उभिँदा ठिक हुने निष्कर्ष निकालेको बताए। ‘जसपाका नेताहरु खुलारुपमा साझा धारणा बनाएर अघि जानुपर्छ भन्नेमा हुनुहुन्छ। संसदको पुनर्स्थापनापछि अब हिँड्ने बाटोका सन्दर्भमा उहाँहरुले आफ्नो अपेक्षा राख्नुभयो। राजनीतिले निकास लिनुपर्छ र कांग्रेस, माओवादी र रजपा एकठाँउमा उभिँदा ठिक हुन्छ भन्ने उहाँहरुको कुरा थियो,’ शर्माले भने, ‘यो छलफलले एउटा गहन संवादको सुरुवात भएको छ। अब राजनीति पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि हाम्रो अग्रसरतामा भएको सर्वदलीय बैठककै अर्को खण्डतर्फ जाने स्थिति बनेको देखियो।’

जसपा नेताहरुले ओलीको विकल्प खोज्न कांग्रेसले अग्रसरता लिनुपर्ने बताएको शर्माले जानकारी दिए। ‘कांग्रेसकै अग्रसरतामा राष्ट्रिय राजनीतिको निकास निस्कन्छ भनेर उहाँहरुले हाम्रो भूमिकाको खोजी गर्नुभएको छ,’ उनले भने, ‘तर यसका लागि परिस्थिति परिपक्व बन्नुपर्छ।’

बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले भने कांग्रेससँग समग्र विषयमा छलफल भएको जानकारी दिए। ‘सबै विषयमा कुराकानी भएको छ। मिलेर जाने विषयमा पनि छलफल भएको छ,’ उनले भने, ‘हामीले हाम्रा साथीहरु जेलमा छन्। उनीहरुको रिहाइ, नागरिकताको समस्या समधान गर्नुपर्ने लगायतका माग राख्यौं,’ उनले भने, ‘मिलेर जाउँ भन्ने भएको छ। तर, अहिले नै सहमति भइसकेको छैन। माओवादीसँग पनि छलफल गर्नुछ।’

जसपासँगको छलफलअघि कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकसमेत बसेको थियो। उक्त बैठकमा अधिकांश नेताहरुले ओलीको विकल्प खोज्न कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका थिए।

पदाधिकारी बैठकअघि भएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलाले समेत ओलीको विकल्प खोज्न अग्रसरता लिन सभापति देउवालाई आग्रह गरेको छ।

प्रकाशित: Mar 12, 2021| 12:42 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।