सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले माधव–झलनाथ समूहको आकस्मिक स्थायी कमिटी बैठक बस्दै

एमाले माधव–झलनाथ समूहको आकस्मिक स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटीको आकस्मिक बैठक अहिले बस्दैछ। 
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटीको आकस्मिक बैठक अहिले बस्दैछ। 

नयाँ बानेश्वरस्थित एक होटलमा स्थायी कमिटी बैठक बस्न लागेको एक नेताले जानकारी दिए। 

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने लगायतका निर्णय एकलौटी रूपमा गरेपछि आकस्मिक रूपमा स्थायी कमिटीको बैठक बस्न लागेको हो।

ओलीले आज माधव–झलनाथ पक्षीय नेताहरूको जिम्मेवारी खोस्दै एकतर्फी रूपमा महाधिवेशनको मिति घोषणा गरेका छन्। ओलीको निर्णयले नेकपा एमाले नै विभाजन हुन सक्नेसम्मको स्थिति देखा परेको नेताहरुले बताएका छन्।

प्रकाशित: Mar 12, 2021| 12:37 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।