सोमबार, भदौ १५, २०८३

धनुषाको विभिन्न स्थानमा मासु-मदिरा बिक्रीमा रोक

शनिबार सुरु हुन लागेको मिथिला मध्यमा परिक्रमालाई ध्यानमा राखेर धनुषाका विभिन्न स्थानमा मदिरा तथा माछा, मासु बिक्री वितरणमा रोक लगाइएको छ। 
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

जनकपुरधाम- शनिबार सुरु हुन लागेको मिथिला मध्यमा परिक्रमालाई ध्यानमा राखेर धनुषाका विभिन्न स्थानमा मदिरा तथा माछा, मासु बिक्री वितरणमा रोक लगाइएको छ। 

शनिबार सुरु हुन लागेको मिथिला मध्यमा परिक्रमालाई मध्यनजर गर्दै विश्राम स्थलहरुमा माँस मदिरा बिक्री वितरण गर्न निषेध गरिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कर्णले जानकारी दिए।

१५ दिने मिथिला परिक्रमाको क्रममा नेपाल र भारतका विभिन्न १५ वटा विश्रामस्थलमध्ये धनुषामा पर्ने विश्रामस्थलहरुमा परिक्रमा पुग्नुभन्दा २४ घण्टा अघिदेखि त्यस क्षेत्रको १ किलोमिटर वरपर पशुपंछी बध तथा माँसमदिरा बिक्रीमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी कर्णले बताए। 

शनिबार परिक्रमाको विश्रामस्थल जनकपुरधामको हनुमानगढीमा छ।

त्यस्तै चैत ८ गते आइतबार पर्वता, ९ गते सोमबार धनुषाधाम, १० गते मंगलबार सत्तोषर, ११ गते बुधबार औरही, १४ गते शनिवार जनकपुरधाम र १५ गते आइतबार अन्तरगृह परिक्रमा जनकपुरधाममा रहेकोले यहाँ माँसमदिराको बिक्री वितरणमा रोक लगाइएको छ।

प्रकाशित: Mar 12, 2021| 12:27 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।