सोमबार, भदौ १५, २०८३

प्रदेश प्रमुख झा जब कक्षा १ मा पढाउन पुगे...

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) जनकपुरधामस्थित ऐतिहासिक सरस्वती माध्यमिक विद्यालयमा पुगेर कक्षा १ का विद्यार्थीलाई पढाएका छन्।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

जनकपुरधाम- प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) जनकपुरधामस्थित ऐतिहासिक सरस्वती माध्यमिक विद्यालयमा पुगेर कक्षा १ का विद्यार्थीलाई पढाएका छन्।

प्रदेश २ को शैक्षिकस्तर खस्किइरहेको समयमा प्रदेश प्रमुख झाले शिक्षामा जोड दिने उद्देश्यले त्यहाँ पुगेर कक्षा १मा अध्ययनरत विद्यार्थीहरुलाई पढाएका हुन्। 

शुक्रबार दिउँसो १ बजे विद्यालय पुगेका प्रदेश प्रमुख झाले आधा घण्टा बालबालिकाहरुलाई कक्षा कोठामै पुगेर पढाएका थिए। 

जनकपुरधामको धरोहरको रुपमा रहेको सो विद्यालयको शैक्षिक अवस्था तथा शिक्षकहरुको समस्या बुझ्न उनी विद्यालय पुगेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। 

प्रदेश प्रमुखको कार्यालयका अनुसार कक्षा १ कै विद्यार्थीहरुलाई पढाउन अन्य विद्यालयहरुमा समेत पुग्ने प्रदेश प्रमुखको लक्ष्य रहेको जनाइएको छ। 

विद्यालयका प्रधानाध्यापक सत्यनारायण मण्डलले विद्यालयमा प्रदेश प्रमुखको आगमनले शिक्षकहरुमा देखिएका कमीकमजोरी समेत उजागर भएको र यसले त्यसलाई सुधार्ने प्रेरणा मिलेको बताए। उनले भने ‘कक्षा १ बाटै सबैको अध्ययन सुरु हुने भएकोले प्रदेश प्रमुख ज्यूले कक्षा १ मै पढाउने ईच्छा व्यक्त गर्नुभयो।’

प्रदेश प्रमुख झाले कक्षा १ मा अध्ययनरत बालबालिकालाई पढाएपछि विद्यालयको जीर्ण भवन, शिक्षामा देखिएको बेथिति सुधार्न ल्याउनुपर्ने योजनालगायतको विषयमा शिक्षकहरुसँग छलफल गरेका थिए। 

वि.सं. २००४ सालमा स्थापना भएको सरस्वती माध्यमिक विद्यालयमा अहिले ८५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

सरस्वती विद्यालयबाट पूर्व राष्ट्रपति डा. रामवरण यादव, उपप्रधानमन्त्री ईश्वर पोखरेल, कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्व गभर्नर सत्यप्यारा श्रैष्ठ लगायतका दर्जनौ व्यक्तिले अध्ययन गरेका हुन्।

प्रकाशित: Mar 12, 2021| 12:17 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।