सोमबार, भदौ १५, २०८३

ओलीको कदम आश्चर्यजनक र विष्मयकारी : खनाल

नेकपा एमालेका वरिष्ठ नेता झलनाथले नेकपा एमाले विखण्डित गर्ने अर्को कदमको थालनी भएको बताएका छन्। 
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता झलनाथले नेकपा एमाले विखण्डित गर्ने अर्को कदमको थालनी भएको बताएका छन्। 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आज शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले २३ जना केन्द्रीय सदस्य थप्नुका साथै विभिन्न जिम्मेवारीहरु हेरफेर गरेपछि खनालले यस्तो प्रतिक्रिया दिएका हुन्। 

‘अत्यन्तै आश्चर्यजनक, विष्मयकारी र अनौठो समाचार सुन्दैछु मैले। यो सत्य हो भने भर्खरै नेकपा विखण्डित भएर पुनजीर्वित भएको एमाले पनि विखण्डित गर्ने अर्को कदमको थालनी हो,’ नेपाल समयलाई संक्षिप्त कुराकानी गर्दै खनालले भने।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सातै प्रदेशमा इन्चार्जका साथै अन्य जिम्मेवारीहरु तोकेको छ। 

बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका भएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्ज तोकेको छ।

त्यसैगरी प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन्। इन्चार्जका साथै प्रदेशका सहइन्चार्ज पनि तोकिएका छन्।

बैठकले संगठन विभाग प्रमुखको जिम्मेवारी विष्णु पौडेललाई दिएको छ भने विदेश विभागको जिम्मेवारी डा। राजन भट्टराईले पाएका छन्। 

नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनको नेतृत्व हाललाई यथावत् रहने अध्यक्ष ओलीले बैठकमा जानकारी गराएको एक केन्द्रीय सदस्यले जानकारी दिए।

केन्द्रीय कमिटीको अर्को बैठक चैत ७ गते बस्ने तय भएको छ। आजको बैठकमा उपस्थित नभएका नेपाल, खनाललगायत केन्द्रीय सदस्यहरुलाई पनि आगामी बैठकमा बोलाउन अध्यक्ष ओलीले महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएको एक केन्द्रीय सदस्यले बताए।

आजको बैठकमा माधव नेपाल तथा झलनाथ खनाल पक्षका कोही पनि उपस्थित थिएनन्। 

प्रकाशित: Mar 12, 2021| 12:02 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।