काठमाडौं– नेपाली कांग्रेसले पत्रकार सुशील शर्माको निधनप्रति दुःख व्यक्त गरेको छ।
कांग्रेसले शर्माको निधनबाट पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको हो।
सभापति शेरबहादुर देउवाले पत्रकार सुशील शर्माको निधनको खबरले आफूलाई अत्यन्त दुःखीत बनाएको बताएका छन्।
देउवाले भनेका छन्, ‘शर्माले पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएको थियो। उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु।’
‘उहाँमा म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगततर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु,’ देउवाले भनेका छन्।
बीबीसीमा लामो समय काम गरेका शर्माको शुक्रबार निधन भएको थियो।