बुधबार, जेठ २१, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्च र उच्च अदालतमा न्यायाधीश सिफारिस, संसदीय सुनुवाइपछि नियुक्त हुने

सर्वोच्च र उच्च अदालतमा न्यायाधीश सिफारिस, संसदीय सुनुवाइपछि नियुक्त हुने

न्याय परिषदले दुईजना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न सिफारिस गरेको छ।
 |  शुक्रबार, फागुन २८, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

vianetvianet

काठमाडौं– न्याय परिषदले दुईजना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न सिफारिस गरेको छ।

आज शुक्रबार प्रधानमन्त्री तथा परिषदका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सर्वोच्चको न्यायाधीशमा डा. कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरेको हो। चुडाल हाल उच्च अदालत पाटनका मुख्य न्यायाधीश छन् भने सुवेदी उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश छन्।

आजकै बैठकले उच्च अदालतका लागि न्याय सेवाका विशिष्ट श्रेणीबाट दुई जनालाई न्यायाधीश सिफारिस गरेको छ।

महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता नारायणप्रसाद पौडेललाई उच्च अदालत पाटन र कानुन मन्त्रालयका सचिव ऋषि राजभण्डारीलाई उच्च अदालत पोखरामा न्यायाधीशका लागि सिफारिस गरिएको हो।

त्यसैगरी जिल्ला न्यायाधीश मध्येबाट जगतनारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तम प्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मेदिनीप्रसाद पौडेललाई विभिन्न उच्च अदालतमा न्यायाधीशका लागि सिफारिस गरिएको छ।

National life insurance

त्यसैगरी न्याय सेवाका प्रथम श्रेणीका अधिकृतबाट रामेश्वर रेग्मी र ममता खनाललाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ।

अधिवक्तामध्येबाट फुर्पा तामाङ, श्रीधरा कुमारी पुडासैनी, जगदीश घिमिरे, पुनम सिंह, सागर विष्ट, गणेश ठगुन्ना र निर्मला शाक्य पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।

न्याय परिषद् बैठकले सर्वोच्च अदालतमा रिक्त दुई न्यायाधीश र उच्च अदालतका लागि १८ जना न्यायाधीशको नाम सिफारिस गरेको हो। परिषदले सिफारिस गरेपछि अब उनीहरुको ४५ दिनभित्र संसदीय सुनुवाइ गरिसक्नुपर्नेछ। यो अवधिमा संसदीय सुनुवाइ नभए उनीहरु स्वतः नियुक्त हुनेछन्।

प्रधानमन्त्री अध्यक्ष रहने न्याय परिषदमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री, प्रधानमन्त्रीले वरिष्ठ अधिवक्ता मध्येबाट तोकेर पठाएका सदस्य र नेपाल बार एसोसिएसनबाट पठाइएका एक गरी ५ जना सदस्य रहन्छन्।

प्रकाशित: Mar 12, 2021| 10:49 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।