पर्सा– बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० मा १४ वर्षे किशोरको शव फेला परेको छ। कुहिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बिहान खेतमा काम गर्न गएकाहरुका लागि खाजा लिएर जाने क्रममा एक स्थानीय महिलाले शव देखेकी थिइन्। फेला परेको शव फागुन ११ गतेदेखि हराइरहेका जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २३ बस्ने साहिद हुसेन मियाँ अन्सारीको रहेको बारा प्रहरीको भनाइ छ।
खेतसँगै रहेको फूलबारीको छेउमा रहेको छाइमा फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।