सोमबार, भदौ १५, २०८३

जसपा सत्ताको भर्‍याङ नबन्ने, सरकारको नेतृत्व गर्ने

जनता समाजवादी पार्टी जसपाले आफूहरु सँधै सत्ताको भर्‍याङका रुपमा प्रयोग नहुने अठोट लिएको छ।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं- जनता समाजवादी पार्टी जसपाले आफूहरु सँधै सत्ताको भर्‍याङका रुपमा प्रयोग नहुने अठोट लिएको छ।

आज बसेको संसदीय दलको बैठकले यस्तो अठोट लिएको नेता राजकिशोर यादवले जानकारी दिए।

उनले नेपालमा मधेशवादी पार्टी जहिले पनि अरुको सत्ताको भर्‍याङ बन्ने गरेको 'पर्सेप्सन' रहने गरेको भन्दै अब आफूहरु कसैका लागि भर्‍याङ नबन्ने बताए।

नेता यादवले जसपाले आफ्नै नेतृत्वमा सरकार निर्माणका लागि कांग्रेस, एमाले र माओवादी केन्द्रसँग छलफल गर्ने बताए।

उनले कार्यदलले सरकार निर्माणका लागि बार्गेनिङको काम नभई, मधेश आन्दोलनका मुद्दा, रेशम चौधरीको रिहाइ तथा संविधान संशोधनका मुद्दामा छलफल गर्ने बताए।

नेता यादवले भने, ‘हाम्रो क्लियर कट अडान के हो भने, जबसम्म हामीले उठान गरेका मुद्दाहरु निष्कर्षमा पुग्दैनन् तबसम्म हामीले सरकार निर्माणका मुद्दामा कुरा गर्दनौँ।’

जसपा संघीय परिषद अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री महन्थ ठाकुर तथा नेता उपेन्द्र यादवले केपी ओली नेतृत्वमा सत्ता सहकार्य नगर्ने बताउँदै आएका छन्।

उनीहरुले प्रतिगमनकारीसँग सहकार्य हुनै नसक्ने र गर्न नहुने आफ्नो दाबी दोहर्याउँदै आएका छन्।आज बसेको संसदीय दलको बैठकमा संसदीय दलको विधान मस्यौदा पेश भएको र थप गृहकार्यका समय दिइएको उनले बताए।

संसदीय दलको बैठकपछि राजपाका शीर्ष नेताहरु कांग्रेसँगको छलफलका लागि सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ गएका छन्।

प्रकाशित: Mar 12, 2021| 10:05 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।