सुनसरी- कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा सुनसरीले जंगली जनावरबाट पीडित भएकालाई क्षतिपूर्तिबापत रु. ३९ लाखभन्दा बढी रकम दिएको छ।
आरक्ष कार्यालयले चालू आर्थिक वर्षको अहिलेसम्ममा आरक्षबाट निस्केका जंगली जनावरबाट पीडित भएकालाई ३९ लाख नौ हजार ७११ रुपैयाँ क्षतिपूर्तिबापत प्रदान गरेको आरक्षका संरक्षण अधिकृत अशोक रामले जानकारी दिए।
आरक्षको कार्यालयले जंगली जनावरको आक्रमणबाट मृत्यु भएका दुई जनाको परिवारलाई रु. १०÷१० लाख गरेर जम्मा रु २० लाख रकम दिइएको छ।
यस्तै घाइते भएका ७ परिवारलाई रु. तीन लाख ५३ हजार ७११, बालीनाली नष्ट भएका २११ परिवारलाई रु. ९ लाख ९३ हजार पाँच सय, घरगोठ क्षति गरेका ७९ परिवारलाई रु. ४ लाख १८ हजार ५०० र भण्डारण गरेको अन्नपात क्षति भएबापत रु. १. लाख ४४ हजार दिइएको संरक्षण अधिकृत रामले बताए। रासस