सोमबार, भदौ १५, २०८३

पछिल्लो २४ घण्टामा ९७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा मुलुकभर थप ९७ जना कोरोना संक्रमित थपिएका छन्।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा मुलुकभर थप ९७ जना कोरोना संक्रमित थपिएका छन्।

४ हजार ४८४ पीसीआर परीक्षण गर्दा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेको छ। पछिल्लो २४ घण्टामा ६६ जना संक्रमणमुक्त भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ११६ पुगेको छ। 

मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या ९४२ रहेको छ। पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ३ हजार १२ पुगेको छ।

प्रकाशित: Mar 11, 2021| 10:55 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।