सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेभित्रको एकता कमजोर पार्ने काम नहोस् भनेर छलफल गरेका हौँ : रावल

एमालेभित्रको एकता कमजोर पार्ने काम नहोस् भनेर छलफल गरेका हौँ : रावल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षीय स्थायी कमिटीका नेताहरुको बैठक सम्पन्न भएको छ।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षीय स्थायी कमिटीका नेताहरुको बैठक सम्पन्न भएको छ।

नयाँबानेश्वरस्थित एक होटेलमा बसेको बैठकमा पार्टीको आन्तरिक एकताबारे छलफल भएको उपाध्यक्ष भीम रावलले जानकारी दिए।

उनले सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले ब्युँतिएपछि पार्टीको औपचारिक बैठक बस्नुपर्नेमा बैठक नबोलाइएकाले आफूहरुले अनौपचारिक छलफल गरिएको बताए।

उनले सर्वोच्चको फैसलापछि तत्काल बैठक बस्छ भन्ने आफूहरुको अपेक्षा भए पनि त्यसो हुन नसकेको र जसका कारण एमाले पार्टी नै आन्तरिक रुपमा कमजोर हुने विषयले आफूहरु चिन्तित भएको बताए।

उनले पूर्व पार्टी नै अस्तित्वमा आएपछि अर्को पक्षले विभिन्न ठाउँमा गुण्डागर्दी गरेको, माओवादी केन्द्रसँग एकीकरण हुँदा तोकिएका पदहरुलाई अस्तित्वमा ल्याउन खोजेको र आफूहरुको समूहलाई पेल्न खोजेको लगायतका गतिविधि भएको भन्दै चिन्तित भएको बताए।

उनले भने, ‘सर्वोच्चको अनपेक्षित फैसलापछि औपचारिक बैठक बस्नुपर्नेमा सामान्य राजनीतिक नैतिकता र सिद्धान्तअनुरुपका क्रियाकलाप पनि भएनन्। त्यसैले हामीले पार्टीको आन्तरिक एकता कमजोर पार्ने काम नहोस् त्यसका लागि कसरी अघि बढ्न सकिन्छ भनेर अनौपचारिक छलफल गरेका हौँ।’

प्रकाशित: Mar 11, 2021| 09:39 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।