सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपाले आज प्रधानमन्त्रीलाई भेट्दै, भाेलि संसदीय दलको नेता चुन्ने

जसपाले आज प्रधानमन्त्रीलाई भेट्दै, भाेलि संसदीय दलको नेता चुन्ने

जनता समाजवादी पार्टी जसपाका नेताहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन्।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौं- जनता समाजवादी पार्टी जसपाका नेताहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन्।

आज बसेको जसपा कार्यकारी समितिको बैठकपछि साँझ दलका शीर्ष ५ नेता प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने भएका हुन्।

पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रममा पार्टीको भूमिकाबारे प्रधानमन्त्री ओलीलाई स्पष्ट पार्न साँझ भेट हुन लागेको हो।

जसपाको आजको बैठकले भोलि संसदीय दलको बैठक बसेर नेता छान्ने निर्णय पनि गरेको नेता केशव झाले जानकारी दिए।
संसदीय दलको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रकाशित: Mar 11, 2021| 09:19 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।