सोमबार, भदौ १५, २०८३

अझै थुप्रै युद्ध जित्न बाँकी छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अझै थुप्रै युद्ध जित्न बाँकी भएको बताएका छन्।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अझै थुप्रै युद्ध जित्न बाँकी भएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले त्यसको लागि आफू पुनः क्रान्तिमा जाने बताएका हुन्। 

‘म छोड्नेवाला छैन म एकचोटी पुनः क्रान्तिमा जानेवाला छु। लड्नेवाला नै छु,’ उनले भने, ‘एउटा ब्याटल त जितियो तर अझै केही ब्याटल जित्नै पर्ने छ। आउने दिन उज्याला हुनेछन्।’ 

देशको परिस्थिति जटिल र चुनौतीपूर्ण बनेको भन्दै अहिलेसम्म प्राप्त भएका राजनीतिक उपलब्धिमाथि धावा बोल्ने काम भइरहेको बताए। 

‘केपी प्रवृत्तिविरुद्ध १९ पेजको दस्तावेज लेख्दै गर्दा जनयुद्धको दस्तावेज लेखेको अनुभुति भएको थियो। भएकै छ,’ उनले भने, ‘अब पनि केपी प्रवृत्तिविरुद्ध जानी बुझेर सम्झौता गर्नु भनेको गलत हुन्छ भनेर नै प्रहार गरेको हो।’

दाहालले अहिले शान्तिपूर्ण रुपमा युद्ध चलिरहेको बताए। उनले भने ‘युद्ध जितेका छैनौं। राजनीतिक परिवर्तनमाथि हमला भइरहेको छ।'

त्यसकारण सजग भएर अब फेरि अघि बढ्नु जरूरी छ,’ दाहालले भने, ‘आफ्नै साथीहरू फुट्दा, धरातल कमजोर हुँदा हामी कमजोर  देखिएको हो। अब फेरि पुरानो साथीहरुलाई एकताबद्व गर्ने काम गरिन्छ।’ 

उनले अब आफूले देशव्यापी जनतासँग जोडिने अभियान चलाउने तयारी गरिरहेको बताए। दाहालले भने ‘अब म काठमाडौंमा भन्दा अभियानमा बढी बस्ने विचारमा छु । जनतासँग नै बस्ने मेरो योजना छ।’

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक र राष्ट्रिय कार्यकर्ता भेला बोलाउन लागिएको भन्दै उनले त्यसबाट थप रणनीति बन्ने बताए।

प्रकाशित: Mar 11, 2021| 08:53 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।