सोमबार, भदौ १५, २०८३

सत्ता सहकार्यबारे छलफल गर्न जसपाको बैठक शुरू

सत्ता सहकार्यलगायत विषयमा आवश्यक निर्णय गर्न जनता समाजवादी पार्टी नेपाल (जसपा) का शीर्ष नेताहरूको बैठक शुरू भएको छ। 
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौं– सत्ता सहकार्यलगायत विषयमा आवश्यक निर्णय गर्न जनता समाजवादी पार्टी नेपाल (जसपा) का शीर्ष नेताहरूको बैठक शुरू भएको छ। 

ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताहरू बीचको छलफल सुरू भएको जसपा कार्यकारी समितिका सदस्य केशव झाले जानकारी दिए।

सरकार गठनका लागि निर्णायक देखिएको जसपाभित्र अहिलेसम्म निर्णय हुन सकेको छैन।

जसपाका नेताहरूले आफ्ना माग सम्बोधन गर्न तयार हुने दलसँग मात्रै सहकार्य गर्ने बताउँदै आएका छन्। 

सर्वोच्चले संसद् पुनस्र्थापना गरेपछि नयाँ सरकार निर्माणको तयारीमा रहेको माओवादी केन्द्रले जसपालाई सत्ता सहकार्यको प्रस्ताव राखिसकेको छ। 

नेकपा एमालेले पनि आफ्नो सरकार जोगाउन जसपालाई सत्तामा आउन प्रस्ताव अघि सारेको छ।

रेशम चौधरीलगायत नेता, कार्यकर्ताको रिहाई, मुद्दा फिर्ता र संविधान संशोधनसहितका माग पूरा भएपछि मात्रै सरकारमा जाने जसपाका नेताहरूले बताउँदै आएका छन्।

वरिष्ठ नेता राजेन्द्र महतोले पटकपटक एमाले, कांग्रेस र माओवादीबाट धोका पाएको भन्दै अहिले उधारोमा सम्झौता नगर्न बताएका छन्। 

आजको बैठकले सरकारमा जाने विषयमा आधिकारिक निर्णय गर्न सक्ने बुझिएको छ। 

छलफलमा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र महतो सहभागी छन्।
 

 

प्रकाशित: Mar 11, 2021| 08:06 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।