सुर्खेत– दैलेखमा माइक्रोबस दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृतकको पहिचान खुलेको छैन। कालिकोटदेखि सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नम्बरको माइक्रोबस दैलेखको आठविस नगरपालिका–१ टुईकुनामा दुर्घटना भएको हो।
घाइते १० जनामध्ये ७ जनालाई एम्बुलेन्समार्फत सुर्खेत पठाइएको दैलेखका डीएसपी अनुपम श्रेष्ठले जनाए। दुर्घटनाको कारण खुलेको छैन। बस राजमार्गबाट ५० मिटर तल खसेको छ। कालिकोटबाट १५ यात्री सवार थिए। बस बिहान ११ बजे दुर्घटना भएको हो।