सोमबार, भदौ १५, २०८३

नेपालमा मिर्गौलाको विशेषज्ञ सेवा छिटै सुरु हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने बताएका छन्। 
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने बताएका छन्। 

विश्व मिर्गौला दिवसका अवसरमा राजधानीमा आज बिहान आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले छिटै त्यस्तो केन्द्र स्थापना गरिने बताएका हुन्।

त्यसका लागि मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाहसहितका विज्ञहरु क्रियाशिल रहेको प्रधानमन्त्रीले जानकारी दिए।

‘मिर्गौलाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपण सहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ,’ उनले भने।

खानपिन वा हाम्रो दैनिकीमा मिर्गौलालाई असर पार्ने खानपिन वा व्यवहार के हो र त्यसबाट कसरी जोगिने जस्ता कुराहरुलाई ध्यान दिन जरुरी रहेको प्रधानमन्त्रीको भनाइ छ।

उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्नका लागि सरकारले काम गरिरहेको उनले बताए।

पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको प्रधानमन्त्रीले स्मरण गराए।

‘केही मानिसहरुले मलाई बाहिर गएर उपचार गरायो भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिएन, यहाँ सुविधा नहुँदा गएको थिएँ,’ उनले भने।

मिर्गौला रोग जस्तो जटिलताबाट बच्न स्वस्थ जीवनयापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारेका प्रचारलाई अझ थप व्यापक बनाउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओली स्वयले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेका छन्। ‘मिर्गौला रोगको साथमा स्वस्थ जीवन’को नारासहित आज नेपाल सहित विश्वभर मिर्गौला दिवस मनाइँदैछ।

प्रकाशित: Mar 11, 2021| 05:11 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।