सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भोकमरी टार्न ३७ हजार क्विन्टल चामल कर्णालीका २९ गाउँमा पुर्‍याइँदै

भोकमरी टार्न ३७ हजार क्विन्टल चामल कर्णालीका २९ गाउँमा पुर्‍याइँदै

भोकमरी पर्न नदिन ३७ हजार क्विन्टल चामल कर्णालीका गाउँगाउँमा पुर्‍याइने भएको छ।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

सुर्खेत– भोकमरी पर्न नदिन ३७ हजार क्विन्टल चामल कर्णालीका गाउँगाउँमा पुर्‍याइने भएको छ। बर्सेनि खाद्यान्न अभाव झेल्दै आएका २९ वटा गाउँमा चामल पुर्‍याउन लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ।

हुम्लामा ११ हजार ३०० क्विन्टल, मुगुमा १० हजार ७५० क्विन्टल, जुम्लामा २ हजार ९०० क्विन्टल, डोल्पामा ७ हजार ५५० क्विन्टल, कालिकोटमा २ हजार ५०० क्विन्टल र दैलेखमा ४ हजार क्विन्टल चामल पुर्‍याइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख माधव मिश्रले जानकारी दिए।

सुर्खेतबाट हुम्लाको सिमिकोट, सर्केगाड, श्रीनगर, खार्पुनाथ, याङ्चुक, छप्रेला, देउली र तुम्च वालुकुना, मुगुको गमगढी, सोरुकोट, श्रीकोट, पुलु, तारापानी, जुम्लाको खलंगा र धापा डिपोमा चामल पुग्नेछ।

त्यस्तै डोल्पामा दुनै शाखा, काइगाउँ, जुफाल, सहतारा, शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङ, डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो, छार्काताङ्सोङ गाउँपालिकाको केन्द्र ढारगाउँ, थापाथली, कालिकोटको मान्मा, थिप्रु र दैलेखको नारायणबजार, ठाँटीकाँध, चामुण्डा, बेस्तडा र नौमुलेमा चामल पुग्नेछ ।

संस्थाले दाङ, नेपालगञ्ज, कैलाली र सुर्खेतलगायत शाखाहरुबाट हरेक वर्ष करिब ८० हजार क्विन्टल चामल आपूर्ति गर्दै आएको छ। यसमध्ये सुर्खेतबाट यो वर्ष ३७ हजार क्विन्टल चामल गाउँमा पुर्‍याउन थालिएको छ।

२९ वटा गाउँमध्ये कतिपयमा चामल ढुवानी भइसकेको छ भने कतिपय ठाउँमा ढुवानी गर्ने तयारी छ। हाल कर्णालीमा खाद्यान्न संस्थानका विभिन्न शाखा, डिपो र बिक्री केन्द्रमा गरी २० हजार क्विन्टल चामल मौज्दात छ। 
 

प्रकाशित: Mar 11, 2021| 04:36 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।