बुटवल– बुटवलको एक रेष्टुरेण्टमा गएराति आगलागी भएको छ। मिलनचोक स्थित दियालो फुडल्याण्डमा राति साढे ११ बजे आगो लागेको हो।
आगलागीबाट रेष्टुरेण्टको माथिल्लो तला पूर्णरुपमा क्षति भएको छ। आगलागीबाट करिब डेढ करोडको क्षति भएको दियालो फुडल्याण्डका प्रबन्धक मदन भण्डारीले बताए।
बुटवल उपमहानगरपालिकाको दमकलको सहायतामा करिब ३ घण्टापछि आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ। आगो चाँडै नियन्त्रण गरिएकाले तल्लो संरचनामा भने क्षति भएको छैन।