सोमबार, भदौ १५, २०८३

पोखरा महानगर ५ वर्षमा, कर्मचारी र करदातालाई सम्मान

पोखरा महानगरले बुधबार स्थापनाको ५ औं वर्षगाँठ मनाएको छ। २०७३ फागुन २७ गते उपमहागनरपालिकाबाट पोखरा महानगरपालिका घोषणा भएको थियो। 
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

पोखरा- पोखरा महानगरले बुधबार स्थापनाको ५ औं वर्षगाँठ मनाएको छ। २०७३ फागुन २७ गते उपमहागनरपालिकाबाट पोखरा महानगरपालिका घोषणा भएको थियो। 

२७ गते शिवरात्रिको बिदा भएकाले महागनरले बुधबार नै स्थापना दिवस मनाएको हो। पोखरा महानगरको ३ दिवसीय कार्यक्रमअन्तर्गत छुट्टाछट्टै कार्यक्रम गरेको थियो। महानगरका कर्मचारीहरु बिहान पोखरा महानगरपालिकाबाट सुरु भएको प्रभातफेरी पोखरा सभागृहमा पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो।

सोमबार र मंगलबार जनप्रतिनिधि र कर्मचारीबीच खेलकुदका कार्यक्रम भए। सोमबार जनप्रतिनिधि र कर्मचारी (पुरुष) बीच फुटबल प्रतियोगिता र मंगलबार महिला जनप्रतिनिधि र कर्मचारीवीच भलिबल र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पोखरालाई उत्कृष्ट सहर बनाउने गरी काम भैरहेको भन्दै निर्वाचनमा जनताका बीचमा गरेका बाचा केही पुरा भएको र केही अबको बाँकी अवधिमा पूरा हुने बताए। 

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा सुन्दर सहर भएको बताउँदै पोखरालाई समृद्ध बनाउन बनाउन जनप्रतिनिधि र कर्मचारीले आआफनो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा महानगरका प्रवक्ता धनबहादुर नेपाली, सचेतकद्वय शोभामोहन पौडेल, रामराज लामिछाने, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, कर्मचारीका नेताहरु अमिर भण्डारी, शिव बराल, नेत्र तिमिल्सिना लगायतले महानगरको हुनुको औचित्य र आफूले गर्नुपर्ने कामको बारेमा बोलेको थिए। 

महानगरमा लामो समय सेवा गरेका १३ कर्मचारीलाई कार्यक्रममा दीर्घ सेवा सम्मान दिएको थियो। उनीहरुलाई दोसल्लासहित सम्मान गरिएको थियो। महानगरको विभिन्न शाखामा कार्यरत र महानगरलाई कुनै न कुनै क्षेत्रबाट सहयोग गर्नेलाई महानगरले सम्मान गरेको थियो। 

महानगरले उत्कृष्ट करदातालाई पनि सम्मान गरेको हो।  गत वर्ष पोखरा ग्रान्ड प्रालिले १२ लाख ३३ हजार कर बुझाएर उत्कृष्ट ठहरिएको थियो। त्यस्तै नेपाल टेलिकम, कृषि विकास बैंक र भाटभटेनी सुपर मार्केटलाई पनि उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ। 

कार्यक्रममा महानगरले सञ्चालन गरको ‘लैंगिक समानतामा महिला र पुरुषको भूमिका’ विषयक वक्तृत्वकलामा उत्कृष्टहरुलाई पनि पुरस्कार वितरण गरेको थियो। स्थापना दिवसको अवसरमा आयोजना गरिएका भलिबल, फुटबल र ब्याडमिन्टन प्रतियोगिताका विजेता कर्मचारी र जनप्रतिनिधिलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: Mar 10, 2021| 14:40 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।