सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीमा सरकार फेरबदलबारे छलफल गर्न कांग्रेसद्वारा वार्ता टोली गठन 

लुम्बिनीमा सरकार फेरबदलबारे छलफल गर्न कांग्रेसद्वारा वार्ता टोली गठन 

लुम्बिनी प्रदेशमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वार्ता टोली गठन गरेको छ।
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

बुटवल- लुम्बिनी प्रदेशमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वार्ता टोली गठन गरेको छ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँत्याइदिएपछि प्रदेशमा नयाँ सत्ता समिकरणका लागि कांग्रेसले वार्ता टोली गठन गरेको हो। कांग्रेसले संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानको नेतृत्वमा वार्ता टोली गठन गरेको हो।

वार्ता टोलीका संयोजक खानले परिवर्तित परिस्थितिअनुसार सबै पार्टीसँग वार्ता गरेर प्रदेश सरकार गठनका लागि छलफल अगाडि बढाउने बताएका छन्।

उनले कांग्रेसलाई जनताले विपक्षमै रहन मत दिए पनि सत्तासिनहरुबीचचको लडाईका कारण निकास दिन वार्ता टोली गठन गरिएको जानकारी दिए। 

सर्वोच्चको फैसलासँगै विकसित राजनीतिक घटनाक्रमका बीच लुम्बिनी प्रदेशमा कांग्रेसले वार्ता टोली गठन गरेपछि प्रदेशमा पनि नयाँ किसिमको तरंग पैदा भएको छ। लुम्बिनीमा एमाले ४१, नेकपा माओवादी केन्द्र २०, नेपाली कांग्रेस १९ जसपा ६ र राजमोको १ जना सांसद छन्। 

प्रकाशित: Mar 10, 2021| 14:15 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।