सोमबार, भदौ १५, २०८३

राजेन्द्र महतोको योजनामा ज्वाइँको रजाइँ

धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोको संसदीय विकास कोषको योजनामा उनकै ज्वाइँले रजाइँ गरिरहेको पाइएको छ। 
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

जनकपुरधाम- धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोको संसदीय विकास कोषको योजनामा उनकै ज्वाइँले रजाइँ गरिरहेको पाइएको छ। 

प्रदेश २ का सभामुख सरोजकुमार यादवका राजनीतिक सल्लाहकारसमेत रहेका महतोका ज्वाइँ अनिलकुमार महासेठले नै सांसद विकास कोषबाट हुने कामको योजना बाँड्दै आइरहेको पाइएको हो। यतिमात्र नभई कैयौँ योजनाको शिलान्यास स्वयं महासेठले समेत गरेका छन्। 

धनुषाको विदेह नगरपालिका वडा नम्बर ९ स्थित इटहर्वामा नेता महतोको संसदीय विकास कोषको रकमबाट सामुदायिक भवनको शिलान्यास मंगलबार महासेठले गरेका थिए। २० लाखको बजेट रहेको सो योजनामा त्यहाँ २ वटा पक्की कोठाको सामुदायिक भवन निर्माण गर्ने लक्ष्य छ। 

स्थानीयवासीले आफ्ना कार्यकर्ताहरुलाई फाइदा पुर्‍याउने गरी सो भवन निर्माण योजना ल्याइएको आरोप लगाएका छन्। महतोको संसदीय विकास कोषबाट हुने कामका लागि उनका ज्वाइँले जसलाई चाहन्छन्, उनलाई नै दिने गरिएको गुनासाे स्थानीयको छ। 

विदेह नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जुमरात नदाफले शिलान्यास गर्ने दिन कार्यक्रम छ भनेर आमन्त्रित गरिए पनि कार्यक्रमबारे पूर्ववत् जानकारी नगराएकाले आफू उपस्थित हुन नसकेको बताए। वडाध्यक्ष नदाफले संसदीय विकास कोषको रकममा सांसदको ज्वाइँले चलाउनु भनेको दुरुपयोग रहेको प्रतिक्रिया दिए। सांसद महतो आफैँ नआएर ज्वाइँलाई शिलान्यास गर्न लगाएकोमा  उनको असन्तुष्टि छ।

महतोको संसदीय विकास कोषबाट विदेह नगरपालिका वडा नम्बर ९ मा सामुदायिक भवन निर्माणका लागि नगरपालिकासँग कुनै प्रकारको समन्वय नगरिएको नगर प्रमुख बेचन दासले बताए। उनले संसदीय विकास कोषबाट हुने कार्यका लागि स्थानीय पालिकासँग समन्वय गरी काम गर्नुपर्ने प्रावधान रहे पनि आफूहरुलाई त्यहाँ शिलान्यास गरिएको सामुदायिक भवनको निर्माणका विषयमा जानकारी नरहेको बताए।

उनले भने, ‘हामीसँग यस विषयलाई लिएर समन्वय गरिएको छैन। म अब कानुनी बाटो अपनाउने योजनामा छु।’ सोही नगरपालिकामा वडा नम्बर ३ को एक पोखरीको सौन्दर्यीकरणका लागिसमेत काम अगाडि बढाइए पनि समन्वय नगरिएको उनले बताए।

प्रकाशित: Mar 10, 2021| 13:02 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।