सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव-झलनाथ समूहको बैठकमा ‘ओली पक्षीय दादागिरी’ को प्रतिवाद गर्नेबारे छलफल

माधव-झलनाथ समूहको बैठकमा ‘ओली पक्षीय दादागिरी’ को प्रतिवाद गर्नेबारे छलफल

नेकपा एमालेका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल पक्षी नेताहरुको बैठक सम्पन्न भएको छ।
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल पक्षी नेताहरुको बैठक सम्पन्न भएको छ।

काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटेलमा भएको छलफलमा तत्कालीन एमाले पार्टी नै अस्तित्वमा आएपछि पार्टीभित्र देखिएको ‘दादागिरी’ प्रवृत्तिबारे छलफल भएको छ।

बैठकमा ओलीपक्षीय कार्यकर्ताहरुले इतरपक्षविरुद्ध दादागिरी देखाइरहेको, आज पनि कैलाली जिल्लाको पार्टी कार्यालयमा एमालेका निर्वाचित नेताहरुको अपमान गर्ने र नेकपा बन्दा अस्तित्वमा आएका व्यक्तिहरुको पदलाई नै जबरजस्ती अस्तित्वमा ल्याउने प्रयास गरेकोलगायतबारे छलफल भएको केन्द्रीय सदस्य झपट रावलले जानकारी दिए।

उनले अब यो दादागिरीलाई कसरी निरुपण गर्नेभन्नेबारे छलफल भएको र यसबारे शीर्ष तहमा छलफल गर्नुपर्ने आवश्यकता आफूहरुले औंल्याएको बताए।

त्यस्तै बैठकमा समग्र पार्टीलाई कसरी व्यवस्थित गरेर अघि बढ्ने र वाम एकतालगायतका विषयमा छलफल भएको रावलले बताए।

उनले भने, ‘जनताले कम्युनिष्ट सरकार नै चाहेका छन् भन्ने पुष्टि भएको छ, त्यसैले केन्द्रदेखि स्थानीय तहसम्मै पार्टी र वाम एकतालाई मजबुद कसरी बनाउने भन्ने सन्दर्भमा पनि हामीले छलफल गरेका छौँ।’

प्रकाशित: Mar 10, 2021| 12:40 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।