सुनसरी– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै पनि हालतमा कांग्रेसले एमालेसँग सत्ताका लागि सहकार्य गर्नु नहुने बताएका छन्।
बुधबार नेपाल प्रेस युनियन झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान बाहिर गएर संसद् विघटन गर्ने ओलीसँग सत्ता सहयात्रा गर्न नहुने बताएका हुन्। उनले चुनाव गराउने सर्तमा अब नेपाली कांग्रेस सरकारमा जाने बताए।
राजनीतिक संकट समाधानका लागि निर्वाचन एकमात्र विकल्प रहेको बताउँदै उनले अबको १ वर्षभित्रमा निर्वाचन नभए देशै धरापमा पर्ने तर्क गरे।
सर्वोच्चको पहिलो निर्णयसम्म पर्ख र हेरको अवस्थामा बसेको कांग्रेसले अदालतको दोस्रो निर्णयपछि निम्तिएको राजनीतिक संकटको निकासका लागि अगुवाइ लिनुपर्ने उनको भनाइ थियो।
उनले संसद् पुनस्र्थापना हुनेबित्तिकै नैतिकताका आधारमा राजीनामा नदिएका प्रधानमन्त्रीले अब संसदमा विश्वासको मत लिएर मात्र अघि बढ्नुपर्ने औंल्याए।