सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झलनाथ र माधवले आफू निकट केन्द्रीय सदस्यसँग छलफल गर्दै

झलनाथ र माधवले आफू निकट केन्द्रीय सदस्यसँग छलफल गर्दै

सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल र झलनाथ पक्षले आफू निकटका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दैछन्।
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं- सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल र झलनाथ पक्षले आफू निकटका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दैछन्। 

पछिल्लो परिस्थिति र आगामी रणनीतिबारे आफूनिकट केन्द्रीय सदस्यहरुसँग उनीहरूले छलफल गर्न लागेका हुन्।

अहिले अपरान्ह ४ बजेदेखि नयाँबानेश्वरस्थित अर्याल होटलमा नेपाल र खनालले केन्द्रीय सदस्यहरूसँग छलफल गर्न लागेका हुन्।

सर्वोच्च अदालतको फैसलाले पूर्ववत रूपमै एमाले र माओवादी केन्द्र फर्किएपछि नेकपा एमालेभित्र आ–आफ्नो समूहमा छलफल शुरू भएको हो।

अदालतको फैसलापछि आधिकारिक रुपमा एमालेभित्र बैठक र छलफल भने अझै शुरु भइनसकेको अवस्थामा आफू निकट गुटगत छलफल हुन लागेको हो।

यसअघि नेताहरुले आफू निकटका सांसदहरुसँग पनि छलफल गरेका थिए। ‘अबको परिस्थितीमा कसरी अगाडि बढेर जाने भन्ने विषयमा नै नेताहरुले छलफल गर्नुभएको हो’, एक सांसदले भने।

प्रकाशित: Mar 10, 2021| 10:20 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।