सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आठ लाख रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ

आठ लाख रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले ८ लाख रुपैयाँसहित हुण्डी कारोबारीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं. २३ का जयराम राउत कुर्मी छन्।
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले ८ लाख रुपैयाँसहित हुण्डी कारोबारीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं. २३ का जयराम राउत कुर्मी छन्।

वीरगन्ज महानगरपालिका वडा नं. ६ स्थित जय मा अम्बे ट्रेडर्समा काम गर्ने कर्मचारीको साथबाट नेपाली ७ लाख ७५ हजार ४ सय ७० रुपैयाँ र भारतीय सात हजार चार सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्सा प्रहरीले कुर्मीको साथबाट बब्लु राजको नाममा जारी भएको दुई लाख र रामप्रसाद पटेलको नामबाट जारी भएको ५ लाख ६० हजार बराबरको चेकहरु समेत बरामद गरेको हो।

नेपाल भारत खुल्ला सिमानाको फाइदा उठाउँदै सिमावर्ती क्षेत्रमा हुण्डी कारोबारी फस्टाउँदै गएको छ। पर्सा प्रहरीले विशेष सूचनाको अधारमा कर्मचारीलाई पक्राउ गरेपनि ट्रेडर्सका सञ्चालकलाई पक्राउ गर्न सकेको छैन।

पक्राउ परेका जयराम राउत कुर्मीलाई बैंक तथा वितिय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
 

प्रकाशित: Mar 10, 2021| 09:49 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।