सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शिवरात्रिका लागि पशुपति क्षेत्रमा यस्तो छ ट्राफिक व्यवस्थापन

शिवरात्रिका लागि पशुपति क्षेत्रमा यस्तो छ ट्राफिक व्यवस्थापन

महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं– महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

पशुपति क्षेत्रमा पूजाआजाका आउने भक्तजन एवं दर्शनार्थीहरुको भीडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाइएको महाशाखाको भनाइ छ।

विभिन्न नाका भई भित्रिने भक्तजनहरुको लागि छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको महाशाखाले जनाएको छ। धेरै टाढाबाट भक्तजनहरु आउने हुनाले उनीहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारीसाधनलाई निर्वाध आवतजावतको व्यवस्था मिलाइएको महाशाखाको भनाइ छ।

नियमितजस्तै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध रुपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ। तर भक्तजनको भीडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुन गएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । 

चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने उनले जानकारी दिए।

मालवाहक सवारीसाधनहरु तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने , सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारीसाधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ।

दर्शनार्थी एव भक्तजनका सवारीसाधनलाई बनकाली खुल्ला चौर, सिफल चौर, गुह्हेश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको छ। यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारीसाधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारी साधन गौशाला प्रहरी र वनकालीभित्र राखिने छ।

बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ। गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ।

चाबहिल, गौशाला, तिलगंगा हुँदै अन्यत्र जाने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: Mar 10, 2021| 09:42 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।