सोमबार, भदौ १५, २०८३

कैलालीमा एमाले विवाद, दुई समूह झडपमा उत्रिए

कैलाली सदरमुकाम धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रका दुई समूहबीच हात हालाहाल भएको छ। 
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं- कैलाली सदरमुकाम धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रका दुई समूहबीच हात हालाहाल भएको छ। 

धनगढीस्थित सुदूरपश्चिम प्रदेश कमिटीको कार्यालयमा केपी शर्मा ओली समूह र माधव नेपाल समूहका कार्यकर्ताबीच हात हालाहाल भएको हो।

पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका छन्।

उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाएका हुन्।
यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका छन्।

प्रकाशित: Mar 10, 2021| 09:28 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।