सोमबार, भदौ १५, २०८३

प्रधानमन्त्री थाहा छैन, फेरि सभापति हुन्छु : देउवा 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पुनः पार्टीको सभापति हुने तयारीमा रहेको बताएका छन्। 
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पुनः पार्टीको सभापति हुने तयारीमा रहेको बताएका छन्। 

कांग्रेस निकट आदिवासी जनजाती नेताहरूसँग आफ्नै निवास बुढानिलकण्ठमा भेट्दै देउवाले पुनः सभापति हुने एक मात्रै उद्देश्य भएको बताएका हुन्। 

उनले प्रधानमन्त्री पदसँग मतलब नभएको बताएका छन्। ‘कम्युनिस्टहरुको भरै हुँदैन, त्यसैलै प्रधानमन्त्री पदसँग मतलब छैन। सभापति हुने हो,’ देउवाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक नेताले भने। 

कम्युनिस्टहरुको सहयोगमा प्रधानमन्त्री बने पनि एकाध महिनामा हटाउने खेल खेल्ने भन्दै देउवाले कम्युनिस्टको भर नभएको बताएका हुन्। 

मंगलबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन र सत्ता साझेदारी गर्न प्रस्ताव राखेका थिए।  

जवाफमा देउवाले साथीहरुसँग छलफल गरेर अगाडि बढ्ने बताएका थिए।
 

प्रकाशित: Mar 10, 2021| 08:49 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।