सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आयल निगमको भैरहवा डिपोमा २०० ट्यांकर अटाउने पार्किङ, पेट्रोल भण्डारण क्षमता पनि बढाइँदै

आयल निगमको भैरहवा डिपोमा २०० ट्यांकर अटाउने पार्किङ, पेट्रोल भण्डारण क्षमता पनि बढाइँदै

नेपाल आयल निगमले भैरहवास्थित आफ्नो डिपोको स्तरोन्नति गरेको छ।
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं – नेपाल आयल निगमले भैरहवास्थित आफ्नो डिपोको स्तरोन्नति गरेको छ। 

निगमले पार्किङलगायतका पूर्वाधार बनाउँदै भैरहवास्थित डिपोको पनि स्तरोन्नति गरेको हो। यसअघि काठमाडौंको थानकोटस्थित डिपोको पनि स्तरोन्नति गरेको थियो। 

निगमका भैरहवा कार्यालय प्रमुख प्रलयंकर आचार्यले डिपो परिसरमा करिब २०० ट्यांकर अटाउन सकिने पार्किङ निर्माण गरिएको बताए। यसअघि सो डिपोमा ३० देखि ४० ट्यांकर मात्रै पार्किङको क्षमता थियो।

आगलागीका दृष्टिकोणले पेट्रोलियम पदार्थ संवेदनशील भएकाले आगलागी भइहाले त्यसलाई नियन्त्रण गर्न फायर फाइटिङको क्षमता बढाइएको उनको भनाइ छ। 

फायर फाइटिङका लागि यसअघि चार इन्चको पाइप रहेकोमा त्यसलाई ८ इन्चको बनाइएको आचार्यले जानकारी दिए। 

फायर इन्जिनले फाल्ने फर्म सिस्टम अत्याधुनिक तरिकाको बनाइएको र ५० मिटर टाढासम्म फाल्न सक्ने गरी क्षमता अभिवृद्धि गरिएको निगमले जानकारी दिएको छ। 

निगमका अनुसार डिपो क्षेत्रमा रहेको तीन लाख लिटर पानीको ट्याङ्कीलाई स्तरोन्नति गरी १३ लाख लिटर क्षमताको बनाइँदै छ।

त्यस्तै डिपो कार्यालय परिसरमा रहेका विद्युतीय तारहरूलाई अन्डरग्राउण्ड गरिएको छ।

पेट्रोल भण्डारण क्षमता बढाइँदै

निगमले भैरहवास्थित आफ्नो मट्टितेलको ट्याङकीलाई पेट्रोलको ट्यांकीका रूपमा परिवर्तन गर्ने काम भइरहेको छ। 

पछिल्लो समय मट्टितेलको प्रयोग घटेकोले बिक्री वितरण घटेको छ।

तुलनात्मकरूपमा पेट्रोलको बिक्री वितरण बढेकाले भैरहवास्थित मट्टितेलको ३७९ किलोलिटर क्षमताको ट्याङ्कीलाई पेट्रोलको ट्याङ्कीको रूपमा कन्भर्ट गर्ने काम भइरहेको आचार्यले जानकारी दिए।

हाल भैरहवा डिपोमा पेट्रोल भण्डारणको क्षमता आधा दिनका लागि पुग्ने गरी मात्रै छ। 

मट्टितेलको ट्याङ्की पेट्रोल ट्याङ्कीको रूपमा कन्भर्ट गरिसकेपछि पेट्रोल भण्डारण क्षमता दुई देखि तीन दिन सम्मलाई पुग्ने गरी बढ्ने आचार्यले बताए। 

मट्टितेल भण्डारणका लागि ७० किलोलिटरका दुईवटा ट्यांकी निर्माण भइसकेका छन्।

प्रकाशित: Mar 10, 2021| 06:30 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।