सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शिवरात्रीका लागि यस्ता छन् स्वास्थ्य सुरक्षा मापदण्ड

शिवरात्रीका लागि यस्ता छन् स्वास्थ्य सुरक्षा मापदण्ड

यस वर्षको महाशिवरात्री मनाउँदा पशुपतिनाथ मन्दिरमा दुरी कायम गर्नुका साथै स्यानिटाइजर प्रयोग गर्नुपर्ने भएको छ। 
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं– यस वर्षको महाशिवरात्री मनाउँदा पशुपतिनाथ मन्दिरमा दुरी कायम गर्नुका साथै स्यानिटाइजर प्रयोग गर्नुपर्ने भएको छ। 

पशुपति क्षेत्र विकास कोषले मंगलबार पत्रकार सम्मेलन गर्दै महाशिवरात्रीको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै कोरोनाको जोखिम कायमै रहेका कारण मापदण्ड अपनाउनु पर्ने बताएको हो। 

‘कोभिड भाइरस संक्रमणको खतरा रहेको अवस्थामा नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरेर सम्भव भएसम्म भौतिक दूरी कायम गर्दै स्यानिटाइजर र मास्कको प्रयोगलाई अनिवार्य गरी दर्शनको व्यवसथा मिलाइएको छ,’ पशुपति क्षेत्र विकास कोषले भनेको छ। 

कोषले शिवरात्रीको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै दर्शनको व्यवस्थालाई प्रभावकारी बनाउन ११ सदस्यीय उपसमिति बनाएको छ।

उपसमितिले सुरक्षा व्यवस्था, स्वयंमसेवक परिचालन, वातावरण र सरसफाई, चन्दन वितरण लगायतमा दर्शनार्थीलाई सहयोग गर्नेछ। 
 

प्रकाशित: Mar 10, 2021| 05:42 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।