काठमाडौं - निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. विधाननिधि पौडेललाई नियुक्त गरिएको छ।
मंगलबारको मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई निर्देशकमा नियुक्त गरेको हो।
डा. पौडेल वीर अस्पतालमा कार्यरत चिकित्सक हुन्।
उक्त पदका लागि आठजनाको आवेदन परेकोमा कार्यकारी निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिले तीनजनाको नाम सिफारिस गरेको थियो। जसमा डा. विद्याननिधि पौडेल, डा. दिनेशकुमार लम्साल र प्रकाशराज न्यौपाने थिए।
सोही मध्यबाट मन्त्रिपरिषद्ले डा. पौडेललाई छानेको हो।
समितिले आवेदन दिएकामध्येबाट शैक्षिक योग्यता, अनुभव, तालिम र अनुसन्धानमूलक, कार्ययोजनाको मूल्याकंन अंकको आधारमा कार्यकारी निर्देशक छानिएको जनाइएको छ।
यसअघि निजामती अस्पतालको निर्देशकमा डा. दीर्घराज आरसी थिए।