सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशन बुटवलमा हुने

राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशन बुटवलमा हुने

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन बुटवलमा हुने भएको छ। 
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

बुटवल – राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन बुटवलमा हुने भएको छ। 

महाधिवेशन फागुन २८, २९ र चैत १ गते सम्म हुने छ। 

संघले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। 

महाधिवेशनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ। 

महाधिवेशन उद्घाटनअघि बिहान ८ बजे सांस्कृतिक झाँकीसहितको र्‍याली निस्कने संघका अध्यक्ष विनोद पहाडीले जानकारी दिए। 

महाधिवेशनमा टीआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार (डिबी परियार) स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार वितरण गरिने अध्यक्ष पहाडीले बताए। 

यसका साथै संघले दलित समुदायका सञ्चारकर्मीहरूका लागि लेखनवृत्तिसमेत प्रदान गर्ने छ। 

यसैगरी महाधिवेशनका अवसरमा ‘आमसञ्चार र समावेशिताको सवाल’, ‘मिडियामा महिला ः  दलित महिला’ र ‘दलित आन्दोलन युवा र आम सञ्चार’ विषयमा छुटाछुट्टै कार्यशाला गोष्ठी गर्ने उपाध्यक्ष गोपाल बराईलीले बताए। 

देशभरबाट ४०० पत्रकार बुटवल आउने संघले जनाएको छ।

प्रकाशित: Mar 10, 2021| 02:21 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।