काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।
भट्टराई निवास टोखामा मंगलबार साँझ दाहाल र भट्टराईबीच भेटवार्ता भएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेलगत्तै दाहाल पूर्वसहकर्मी भट्टराईलाई भेट्न पुगेका हुन्।
सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेललाई दिंदै नेकपा (एमाले) र माओवादी केन्द्रलाई एकीकरण अघिकै अवस्थामा फर्काएपछि सत्ता साझेदारको लागि विभिन्न दल छलफलमा जुटेका छन्।
भट्टराई आबद्ध जसपाको आजै संसदीय दलको बैठक बसेको थियो। स्वास्थ्यको कारण देखाउँदै भट्टराई बैठकमा सहभागी भएका थिएनन्।