आइतबार, असार २८, २०८३

जीवन संघर्षः जन्मभूमि, कर्मभूमि र पितृभूमिको कथा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं । जीवन संघर्ष पुस्तक कुमार कार्कीको जीवन र अनुभवमा आधारित पुस्तक हो । यस पुस्तकमा बर्मा, थाईल्याण्ड र नेपालको कथा समावेश छ । बर्मामा नेपालीहरूको प्रवेश कसरी भयो ? उनीहरूले कसरी बर्मामा बसाइँ सरे ? कसरी उनीहरूको जीविकोपार्जन सुरु भयो ? उनीहरूले नेपाली भेष, भाषा र संस्कृतिको सयौँ वर्षसम्म कसरी जगेर्णा गरे ? नेपाल र नेपाली समाजप्रति उनीहरूको किन धेरै स्नेह र ममता भयो ? कहिल्यै नेपाल नआउने नेपाली मूलका बर्मेलीहरूले कसरी भाषा र संस्कृतिको संरक्षण गरिरहे ? जस्ता अनगिन्ती प्रश्नहरूको उत्तर यस पुस्तकमा पाउन सकिन्छ । 

बर्मामा हाल करिब तीन लाख नेपाली मूलका मानिसहरू बसोबास गर्छन् । तर बर्माबाट अन्य ठाउँ सर्दै गएका नेपालीहरूको सङ्ख्या बढिरहेकोले यो सङ्ख्या हाल केही घटेको अनुमान गरिन्छ । थाईल्याण्डमा पनि एक लाख भन्दा बढी नेपाली मूलका मानिसहरू बसोबास गरिरहेका छन् । 

बर्मा र थाईल्याण्ड नेपाली भाषा र संस्कृतिको जगेर्नामा क्रियाशील दुई देश हुन् । यी दुबै देशहरूमा दोस्रो विश्वयुद्ध ताकादेखि नै नेपालीहरूको बसोबास रहँदै आएको छ । यी दुई देशहरूमा नेपालीहरूको मौलिक पहिचान, आफ्नो पहिचान कायम राखिरहन नेपाली मूलका व्यक्ति तथा संस्थाले गरेको कामको बारेमा सामग्रीहरू पनि यस पुस्तकमा समावेश छन् । 

चार भागमा बाँडिएको यस पुस्तकको पहिलो खण्डमा बर्मामा नेपालीहरूको बसोबासको सुरुवातको कथा समावेश छ भने दोस्रो खण्डमा एउटा आप्रवासी कामदारको रूपमा थाईल्याण्डमा गरेका दुःख र संघर्षका कथाहरू समावेश छन् । तेस्रो खण्डमा थाईल्याण्डमा नेपालीहरूको संगठित प्रयासको कुरा समावेश छ भने चौथो खण्डमा नेपालमा महाभूकम्पपछि थाई नेपाली संघको तर्फबाट भएका सेवा र सहकार्यका सामग्रीहरू समावेश छन् । यसै खण्डमा उहाँले आफूले व्यवसाय गर्दा पाएका सफलताका कथा समावेश गरेका छन् । 

कुमार कार्कीको प्रारम्भिक लेखन र मिडियाकर्मी रमेश खड्काको सम्पादनमा तयार भएको यो पुस्तकले बर्मा, थाईल्याण्डमा नेपाली भाषा, संस्कृति र सभ्यता जागरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । यसअघि बर्मा र थाईल्याण्डमा पुस्तकको विमोचन भइसकेको छ । मिडिया सर्भिस नेपालले यो पुस्तक प्रकाशन गरेको हो । 

पुस्तकको बिक्रीबाट प्राप्त हुने रकम सामाजिक कामहरूमा लगाइने भएको छ । आजको कार्यक्रममा धुर्मुस-सुन्तली फाउण्डेशनको लागि पनि पुस्तकको बिक्रीबाट आएको केही रकम, कुमार कार्कीको परिवार र थाई नेपाली संघको तर्फबाट पाँच लाख रकम हस्तान्तरण गरेका छन् । 

बर्मा र थाईल्याण्डमा रहेका नेपाली मूलका मानिसहरूले नेपाललाई पितृभूमिको रूपमा मान्दछन् । जीवन संघर्ष पुस्तकमा पनि उनले जन्मभूमि बर्मा, कर्मभूमि थाईल्याड र नेपाललाई पितृभूमिको रूपमा उल्लेख गर्नु भएको छ । सारांशमा यो पुस्तक कुमार कार्कीको कथा मात्र हैन, हजारौं नेपाली मूलका मानिसहरूको कथा 
हो । 

यसले दुबै देशमा रहँदै आएका नेपाली मूलका मानिसहरूको कथा, संवेदना, खुशी र देशप्रेमको कथालाई बोक्दछ । नेपालका लागि अनागरिक भए पनि बर्मा र थाईल्याण्डका नेपालीहरूले नेपाली समाजलाई एकदमै नजिकैबाट नियालिरहेको तथ्य यस पुस्तकमा उल्लेख गरेका छन् । 

को हुन कुमार कार्की 

कुमार कार्की थाई नेपाली संघको अध्यक्ष हुन् । यो संघ थाईल्याण्डमा रहेका नेपालीहरूको एउटै साझा संस्था हो । यो संस्थामा अहिले ८० हजारभन्दा बढी नेपाली सदस्य छन् । थाईल्याण्डमा सुरुवातमा युवा जागृति संस्थाको नेतृत्वबाट सामाजिक काममा सक्रिय कुमार कार्की थाई नेपाली संघका संस्थापक-उपाध्यक्ष थिए । 

भाषा र संस्कृतिलाई जोगाए मात्र हामी नेपाली रहन्छौँ भनेर करिब ९ वर्षअघि स्थापना भएको यो संघले नेपाली भाषा, संस्कृति र पहिचान संरक्षणका लागि गरेका कामहरू उदाहरणीय छन् । उनी थाईल्याण्ड र बर्मामा हुने सामाजिक सेवाका क्रियाकलापमा निरन्तर सहभागी हुने गरेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।